तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६००  र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम छ । 

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९००  र चाँदीको मूल्य  तीन हजार ३८० कायम थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button