तपाईँ सुन्दै हुनुहुन्छः

भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

हेटौँडा । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

आज मंसिर ३ गते बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो।

सुमोमा चालकसहित १० जना सवार रहेको प्रारम्भिक विवरण छ। घाइते तथा मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button