छठको प्रत्यक्ष अनुभव गर्न आफू मधेशमा : सभापति छामिछाने
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनकपुरधामको छठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व पाइरहेको बेलामा आफू प्रत्यक्ष अनुभव गर्न मधेश आएको बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महापर्वको रुपमा स्थापित भएको छठमा सहभागी हुन पाउनुलाई आफू निक्कै सौभाग्यका रुपमा लिएको बताउनुभयो । एक प्रश्नको जवाफमा उहाँले आफूहरू अध्यात्ममा विश्वास गर्ने भएकाले छठ पर्वको हरेक विधि तथा प्रक्रियामा सहभागी हुन श्रीमतीसहित जनकपुरधाम आएको बताउनुभयो ।
उहाँले आफूले यस अघि पनि विभिन्न धार्मिक तथा आध्यात्मिक पीठ तथा अनुष्ठानहरूमा सहभागी हुँदै आएकाले यसलाई अन्यथा रुपमा नलिनका लागि पनि आग्रह गर्नुभयो ।
पार्टी सभापति लामिछानेलाई जनकपुर विमान स्थलमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता, रास्वपाका नेता तथा धनुषा ३ का प्रतिनिधि सभा सदस्य मनिष झा, पूर्व मन्त्री बब्लु गुप्ता प्रतिनिधि सभाका सदस्य लगायतले स्वागत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्