तपाईँ सुन्दै हुनुहुन्छः

चीन भ्रमणमा जान लाग्नुभएका रास्वपा सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको हो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरूलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा  चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ । भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस् ।”

रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाँदै हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button