छठ पर्वको अवसरमा कात्तिक ३० गतेसमेत सार्वजनिक बिदा
काठमाडौँ । नेपाल सरकारले छठ पर्वको अवसरमा यही कात्तिक ३० गते सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी सूचनाअनुसार कात्तिक २९ गते आइतबार छठ पर्वको मुख्य दिनका लागि यसअघि नै सार्वजनिक बिदा दिइएकोमा व्रत समापनको दिन अर्थात् कात्तिक ३० गते सोमबारसमेत बिदा दिइएको हो।
छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समापन गर्ने परम्परा रहेकाले भोलिपल्टसमेत सार्वजनिक बिदा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ। यो निर्णयसँगै छठ पर्वका अवसरमा देशभर आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ।









प्रतिक्रिया राख्नुहोस्