तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गर्नुभएको छ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरी प्रसाद ढकालद्वारा जारी विज्ञप्तिअनुसार नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन (हेटौँडा इजलास) का न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) का न्यायाधीश गोकर्ण डाँगी रहनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button