तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएलः लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

ब्याटिङ गर्दै कर्णाली याक्सका खेलाडी काठमाडौँ, २६ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच आज भएको नेपाल प्रिमियर लिग (एनपिएल) –टी २० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै कर्णाली याक्सका खेलाडी । यस खेलमा कर्णालीले टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ । दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो । 

प्लेअफ सम्भावना कायमै राख्न कर्णाली आज जित्नैपर्ने दबाबमा छ । तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुईमा मात्र जित हात पारेको छ ।

लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ । अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

एनपिएलअन्तर्गत आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button