तपाईँ सुन्दै हुनुहुन्छः

एक सातामै बन्यो बुढीगण्डकीको बाढीले बगाएको पुल, नेपाली सेनाले गर्‍यो हस्तान्तरण

गोरखा । असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको गोरखा आरुघाट तर्फको पुल एक हप्ताभित्र निर्माण सम्पन्न गरी नेपाली सेनाले सडक कार्यालय गोरखालाई हस्तान्तरण गरेको छ । 

बाढीका कारण क्षतिग्रस्त भएको पुलको बेलिब्रिज जडान कार्य आज  सफलतापूर्वक सम्पन्न भएको हो । 

नेपाली सेनाले दिनरात नभनी निरन्तर खटिएर पुल निर्माण तथा जडानको काम सम्पन्न गरी आजै सडक डिभिजन कार्यालय गोरखालाई हस्तान्तरण गरेको छ ।  आजदेखि म पुलमा मोटरसाइकल तथा साना सवारी साधनका लागि खुला गरिएको छ भने टीकाको दिनदेखि अन्य गाडीहरू पनि सञ्चालन गर्न मिल्ने भएको छ । 

पुल सञ्चालनमा आएपछि नेपाल सरकार, नेपाली सेना तथा सडक डिभिजन कार्यालय गोरखाप्रति यहाँका नागरिकहरूले आभार व्यक्त गरेका छन् । सरकारले चाह्यो भने विकासको काम छिटो हुने रहेछ भनेका छन् । स्थानीय ऋषिराम खनाल भन्नुहुन्छ – “एक हप्तामा पुल निर्माण हुने रहेछ, पहिलेकाले हामीलाई विकासमा ठगेका रहेछन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button