तपाईँ सुन्दै हुनुहुन्छः

यस पटक काँग्रेसको चियापान कार्यक्रम नहुने

ललितपुर I नेपाली काँग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ ।

काँग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज  प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताउनु भएको हो । 

बिपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई काँग्रेसले विशेष परिस्थितिबाहेक हरेक वर्ष आयोजना गर्दै आएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button