तपाईँ सुन्दै हुनुहुन्छः

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी I इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट  ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । 

उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले राससलाई बताउनुभयो ।

इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button