तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा स्कुल बस दुर्घटना : ३ जनाको मृत्यु, १८ घाइते

कास्की। पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिका नजिकै ओख्लेको भिरबाट खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ। बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको स्थानीय जनप्रतिनिधि सुदीप ढुङ्गानाले जानकारी दिनुभयाे।

दुर्घटनामा घाइते भएका अन्य १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button