तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले काँग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताउनुभएको छ ।

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताउनुभयो ।

“मैले विगतका बन्द सत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ, त्यसकारण यो मेरा  लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो, यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु,” नेता आङ्देम्बेले भन्नुभयो ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले नेपाली काँग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको नेता आङ्देम्बेले उल्लेख गर्नुभयो । 

“पहिला काँग्रेसलाई बुढापाकाहरूको पार्टी भन्ने गरिन्थ्यो, तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ, यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ,”  उहाँले भन्नुभयो । नेता आङदेम्बेले महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button