तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस १५औँ महाधिवेशनको बन्दसत्रबाट कोषाध्यक्षको प्रतिवेदन पारित

काठमाडौँ, २० असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज तेस्रो दिन राष्ट्रियसभा गृहमा मनोनयनका लागि देखिएको चहलपहल। तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रबाट आज कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।

बन्दसत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलपछि उक्त प्रतिवेदन बन्दसत्रले पारित गरेको हो ।

प्रतिवेदन पारित भएसँगै कांग्रेसको महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन पारित हुने क्रममा छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button