युएईमाथि अमेरिकाको ६ विकेटको जित
काठमाडौँ । अमेरिकाले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईमाथि ६ विकेटको जित निकालेको छ । यूएईले दिएको ३३० रनको विशाल लक्ष्य अमेरिका ४८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै लिग–२ को शीर्ष स्थानको दौडलाई थप रोमाञ्चक बनाएको हो ।
टस जितेर पहिले बलिङ रोजेको अमेरिकाविरुद्ध यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३० रन बनाएको थियो ।
जवाफमा अमेरिकाले सुरुवातमा केही विकेट गुमाए पनि ३३० रनको लक्ष्य पछ्याउँदै अमेरिकाले आफ्नो सबैभन्दा ठूलो सफल एकदिवसीय रनचेज समेत बनायो । लिग–२ को इतिहासमा भने यो दोस्रो ठूलो सफल रनचेज हो ।







प्रतिक्रिया राख्नुहोस्