तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरु, खुलामञ्चमा चुनावी रौनक

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ।

महाधिवेशनको तेस्रो दिन काठमाडौँको खुलामञ्चमा स्थापित निर्वाचन स्थलमा आकाङ्क्षीहरूले मनोनयन दर्ता गराउन थालेसँगै चुनावी चहलपहल उत्कर्षमा पुगेको हो।

बिहानैदेखि खुलामञ्चमा कार्यकर्ता र प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ। पार्टी विधानअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा हुन लागेको हो। निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन आवश्यक सुरक्षा र व्यवस्थापकीय प्रबन्ध मिलाएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button