बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु
बाजुरा । बाजुरामा विद्युतको पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार घरबाट बाहिरिएका केसी साँझसम्म घर नफर्किएपछि परिवार तथा आफन्तले खोजी गरेका थिए । खोजीका क्रममा उनलाई सोही वडास्थित परिवन सामुदायिक वनमा गाडिएको राष्ट्रिय विद्युत् प्रसारण लाइनको पोलमा करेन्ट लागेर मृत अवस्थामा फेला पारिएको थियो ।
घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटका अनुसार प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्