तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु ८० लाख बिगो कायम भई फरार रहेका एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४१ वर्षीय राजकुमार बिडारी रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बैङ्किङ कसुरसम्बन्धी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि बिडारी फरार रहेका थिए ।

पक्राउ परेका उनलाई आज थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button