कोशी प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले विराटनगर महानगरपालिका–३का तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राई नियुक्त गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता गोम्बु शेर्पाले बताउनुभयो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन गरेको छ । यसअघि असोज २२ र २३ गते गर्ने निर्णय भएको सम्मेलन अब असोज २७ र २८ गते हुने भएको छ ।
मन्त्रिपरिषदको आजको बैठकले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माण गर्ने निर्णय समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्