तपाईँ सुन्दै हुनुहुन्छः

संसद्‌मा उठाइएका जनसरोकारका मुद्दामा सरकार गैरजिम्मेवार: प्रमुख सचेतक राई

काठमाडौँ I श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सो पार्टीका प्रमुख सचेतक राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दुःख व्यक्त गर्नुभयो । 

उहाँले वैदेशिक रोजगारीका नाममा ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएतापनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने विषय किन कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सचेतक राईले मुलुकका विभिन्न जिल्लामा बाँदर आतङ्कका विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बाँदर नियन्त्रण र व्यवस्थापनका विषयमा प्रभावकारी ढङ्गले योजना बनाएर कार्यान्वयन नभएको भनी गुनासो गर्नुभयो ।   

नदी तथा खोला आसपासको अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान नपुगेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button