चाडपर्व नजिकिँदै गर्दा महँगी नियन्त्रण र पूर्वाधार मर्मत गर्न सांसदहरूको माग

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्व नजिकिँदै गर्दा बढिरहेको बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, किसानहरूलाई सिँचाइ तथा मल, बिउँ समयमै उपलब्ध गराउनुपर्ने, विभिन्न जिल्लामा देखिएका खानेपानी समस्या समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले तराइका जिल्लामा सिँचाइ सुविधाको अभाव हटाउन, समयमै मल तथा बिउँ विजन उपलब्ध नहुँदा किसानले भोग्नुपरेका समस्या समाधान गर्न, नीलगाई तथा अन्य वन्यजन्तुका कारण किसानले लगाएका खेतीमा पुग्ने गरेको क्षति नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
सांसदहरुले जोखिमयुक्त वस्तिमा तटबन्ध निर्माण गर्न, सुरक्षित आवासको व्यवस्था गर्न, जलवायु परिवर्तनका कारण भूमिगत पानी सुक्दै गएकाले देशका विभिन्न जिल्लाहरूमा देखिएको खानेपानी समस्या समाधानमा गर्न, हिउँदे धानको समर्थन मूल्य तोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भोटेकोशी बाढी तथा पछिल्लो पटकको वर्षाले देशका विभिन्न स्थानमा मुख्य राजमार्ग र पुलहरूमा क्षति पुगेकाले तत्काल मर्मत तथा पुन निर्माणका कामलाई अगाडि बढाउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्