तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री वाग्ले एआइआइबीको वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैङ्क (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ ।

बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री  वाग्ले आज साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको भएको छ । उहाँसँग अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि हुनुहुन्छ ।

एघारौँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैङ्कको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नुहुने मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । 

वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी २०८३ असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फिर्ता हुनुहुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button