तिनाउ नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।
नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार असोज १० गते राति ८ः०० बजे तिनाउ नदीमा जलसतह सतर्कता तह पार गरेको हो । नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई भोलि साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्