तपाईँ सुन्दै हुनुहुन्छः

आज राति यी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने

काठमाडौँ । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

हाल पनि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठुलो हावा चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार भोलि दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो हावा चल्ने सम्भावना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button