तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह आठ दशमलव ३० मिटर पुगेको छ ।

कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार नारायणी नदीमा पानीको बहाव सात दशमलव ३० मिटर सर्तकर्ता तह मानिन्छ । 

बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सर्तक रहन सबैमा आग्रह गरिएको उल्लेख गर्नुभयो । नदीले सतर्कता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । उहाँले भन्नुभयो, “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ ।” 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरिएको बताउनुभयो  । उहाँका अनुसार तत्काल उद्धारका लागि तयारी अवस्थामा सुरक्षा निकाय रहेका भन्दै अहिले सूचना प्रवाह गर्ने, पूर्व तयारीका काम भइरहेका उहाँले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button