भोटेकोशी बाढी अध्ययन गर्न राष्ट्रिय सभामा विशेष समिति गठनको माग
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले लगातार वर्षाको पूर्व सूचना अनुसार बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरूले भोटेकोशी बाढीबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि विशेष समिति गठन गर्न माग गर्नुभयो ।
भोटेकोशी बाढीबाट प्रताडित जनतालाई लगातारको वर्षाले फेरी अर्को चिन्ता थपेको भन्दै सांसदहरूले जोखिमपूर्ण क्षेत्रहरूको पहिचान गरी समयमै सतर्कताका सूचना पु¥याउन ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले जलवायु परिवर्तनको मुद्धालाई प्रभावकारी रुपमा उठाउन नसक्दा जलवायु न्याय मार्फत भोटेकोशी बाढीको क्षतिपूर्ति पाउन कठिन भएको उल्लेख गर्नुहुँदै मुद्धालाई बलियो सबै सरोकारवालहरू लाग्नुपर्ने बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नयाँ सरकारसँग जनताको ठूलो अपेक्षा रहेको भन्दै संसदहरुले सेवा प्रवाहलाई सहज बनाउन र जनतालाई राहत दिने गरी काम गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै संसदहरुले अस्पतालहरूमा देखिएको सर्पदंशका बिरामीका लागि अत्यावश्यक औषधिको अभाव समाधानको गर्न पनि माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्