तपाईँ सुन्दै हुनुहुन्छः

क्यासिनो सञ्चालनमा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध : मन्त्री पौडेल

काठमाडौँ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक २०८१ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ ।

बैठकमा व्यवसायीहरूले पर्यटन विधेयक राष्ट्रियसभामा पेस हुँदा ठूलो क्यासिनो र मिनी क्यासिनो गरी दुई भागमा गरिएको वर्गीकरण जायज रहेको भन्दै भारतीय पर्यटकहरूलाई आवतजावत र ठूलो दरका नोट सटहीमा सहजीकरणका लागि स्पष्ट व्यवस्था गर्न माग गरेका छन् ।

यस्तै व्यवसायीहरूले राष्ट्रिय सभाबाट पास भएर आएको ऐनलाई समयानुकूल परिमार्जन गर्न पनि माग गरेका छन् । 

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले राज्यले राष्ट्रिय हितलाई ध्यानमा राखेर क्यासिनो सञ्चालन इजाजत दिन र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button