इरानी माझीहरू युएईबाट स्वदेश फर्किँदै
तेहरान । गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन् । उनीहरू शुक्रबार नै स्वदेश फर्कँदै छन् ।
इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग भेट्ने प्रबन्ध सरकारले मिलाएको जनाएका छन् ।
मध्यपूर्वमा युद्ध चर्किरहेका बेला यी माझीहरू बेपत्ता भएका थिए ।
हर्मुज जलमार्ग अहिले तेहरान र वासिङ्टनबीचको ठूलो विवादको केन्द्र बनेको छ । इरानको तटमा माछा मार्ने माझीहरू यो युद्धबाट धेरै पीडित छन् ।
फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धमा अमेरिकी–इजरायली आक्रमणका कारण हर्मुजमा बारुदी सुरुङ र जहाजहरूमाथि बमबारी हुँदा समुद्रमा ठूलो जोखिम बढेको छ । इरानी समाचार संस्था (इर्ना)का अनुसार समाचार तयार पार्ने समयभन्दा केही मिनेटअघि ‘यी दश जना इरानीहरू दुबईबाट स्वदेशतर्फ लागेका’ थिए ।
उनीहरू विमानबाट बन्दर अब्बास फर्किँदै छन् । यसअघि जुलाईमा पनि ५५ जना इरानी माझीहरू युएईबाट घर फर्केका थिए । इरानी सञ्चारमाध्यमहरूमा माझीहरू समुद्रमा हराएको समाचार बारम्बार आउने गर्छ । रासस








प्रतिक्रिया राख्नुहोस्