दोस्रो दौँतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सेन्ट फ्रान्सिस स्कुललाई

पोखरा । दौँतरी समूह रामबजारको आयोजनामा हालै सम्पन्न भएको दोस्रो दौँतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता २०८३ को उपाधि सेन्ट फ्रान्सिस स्कुलले जितेको छ । उपाधि सँगै सेन्ट फ्रान्सिसले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बालोदय सेकेण्डरी स्कुलले नगद ३३ हजार ३ सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने कालिका माविले फेयर प्लेको उपाधि सँगै नगद ११ हजार १ सय ११, प्रमाणपत्र र शिल्ड प्राप्त गर्यो । प्रतियोगितामा सेन्ट फ्रान्सिसका दीपक तामाङले हाइ स्कोररको उपाधि हात पारे, सेन्ट फ्रान्सिसकै प्रकाश पुन मगरले वेष्ट गोल किपरको उपाधि हात पारे । बालोदयका विकलेस बल थापाले वेष्ट प्लेयरको उपाधि हात पारे ।
प्रतियोगिताको अवसरमा नेपाली फुटबल तथा खेलकुद क्षेत्रमा पु¥याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै आयोजक दौँतरी समूह रामबजारले दुई जना वरिष्ठ फुटबल कोचलाई विशेष सम्मान अर्पण गरेको छ । दौँतरी समूहले वरिष्ठ फुटबल कोच खेम बहादुर गुरुङ र वरिष्ठ फुटबल कोच शम्भु केसीलाई सम्मान गरेको हो ।
प्रतियोगिताका विजेताहरूलाई पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ, दौँतरी समूहका अध्यक्ष मनोज गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार विनीता थापा, सह प्रायोजक तथा रामबजार हङकङका संस्थापक रक्षा गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्