तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर १ जनाको मृत्यु

किरण शाह । दाङको गढवा गाउँपालिका–६ झिगाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।

भदौ २१ गते राति करिब ११ः१५ बजेको समयमा गढवा गाउँपालिका–६ मनिकापुर निवासी करिब ५५ वर्षीय जितबहादुर परियार आफ्ना आफन्त चन्द्रबहादुर परियारको घरमा पाहुना आएका थिए। राति पिसाब फेर्नका लागि घरबाहिर निस्कने क्रममा टिनले छाएको बरन्डाको फलामको पाइपमा करेन्ट प्रवाह भइरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका परियारलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button