तपाईँ सुन्दै हुनुहुन्छः

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना

काठमाडौँ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामनासहित पूजाआराधना गर्नुभएको हो।

पूजाअर्चनापछि उहाँले पशुपतिनाथ मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button