तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन 

रुपन्देही । भदौ १० गते रसुवामा आएको बाढी तथा त्यसबाट भएको क्षतिपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट त्यो क्षेत्रमा पुगेका २४५ जना सम्पर्कविहीन रहेको पाइएको छ । 

लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको विपद् महाशाखाले भदौ १९ गते साँझ ६ बजेसम्म सङ्कलन गरेको विवरणअनुसार प्रदेशका १२ जिल्लाका २४५ जना सम्पर्कमा आएका छैनन् । तर केही जिल्लाका प्रशासनले सार्वजनिक गरेको यो तथ्याङ्क अझै अपूरो देखिन्छ । केही स्थानीयले पुरानो ठेगाना र अहिले बसेको ठेगानाबाट टिपाउँदा पनि यस्तो भएको आकलन गरिएको छ ।

मन्त्रालयको विवरणअनुसार बेपत्ताको सूचिका सबैभन्दा धेरै बर्दियाका ७३ जना सम्पर्कविहीन छन् । त्यसपछि दाङका ५४, रोल्पाका २५, बाँकेका २३, रुपन्देहीका १८, नवलपरासी पश्चिमका नौ, पाल्पाका नौ, प्युठानका नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ तथा रुकुम पूर्वका चार जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

सूचीमा रहेका अधिकांश व्यक्ति रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण, सुरक्षा निकाय तथा अन्य कामका सिलसिलामा त्यहाँ पुगेका थिए । केही भने पर्यटकका रूपमा रसुवा पुगेका थिए ।

दाङबाट सबैभन्दा धेरै कामदार

दाङबाट मात्रै ५४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । उनीहरूमध्ये रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण, पर्यटन तथा अन्य क्षेत्रमा काम गर्नेहरू छन् ।

सूचीमा कोपिला केसी, खम्बु बोहोरा, शिवशङ्कर जोशी, प्रमिला बुढाथोकी, शोभाराम योगी, लालबहादुर रोका, गोपीलाल रोका, नारायण अधिकारी, पूर्णबहादुर बस्नेत, सूर्यबहादुर केसी, गोपाल परियार, विकास परियार, सुधन गिरी, सीमा चौधरी, बजारु चौधरी, प्रेम विक, राजेन्द्र महत, रञ्जित ओली, देवबहादुर गाहा मगर, जयमान विश्वकर्मा, सुरेश चौधरी, लालबहादुर सुनार, गोपाल पुन मगर, मिलन श्रेष्ठ, नारायणी पराजुली लगायतका नाम छन् ।

यस्तै, टेकबहादुर राना, प्रेम महतरा, बादल महतरा, अरुण चौधरी, शरदकुमार चौधरी, शम्भुजित चौधरी, प्रकाश विक, सर्वेस चौधरी, सिवानी चौधरी, अर्जुन घर्ती, दीपप्रकाश चौधरी, भगवानदिन चौधरी, सिर्जना थापा, रामबहादुर चौधरी, अनिल चौधरी, ज्ञानु पुन, डिल्ली सार्की, सुकदेव चौधरी, जनक शाह ठकुरी, दिपेन्द्र बुढामगर, बिमती खत्री, दिलबहादुर पुन, तुलसीराम विक, जुगराम चौधरी, गीता बस्नेत, उमेश श्रेष्ठ, समिता श्रेष्ठ, नवीन चौधरी, सिजन चौधरी र लक्ष्मी बुढाथोकीको नाम सूचीमा छ ।

तर दाङको सूचीमा रहेका केही व्यक्ति पछि सम्पर्कमा आएको विवरण पनि छ । ध्रुवबहादुर बुढामगर, तिलक चौधरी, रामकुमार चौधरी, गोपाल चौधरी र बुधिराम चौधरीलगायत केहीको हकमा सम्पर्कमा आएको कैफियत राखिएको छ । टेकबहादुर राना पनि भदौ १७ गते सम्पर्कमा आएको उल्लेख छ ।

बर्दियाका ७३ जना

बर्दियाबाट ७३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सूचीमा अनिल थारू, गजल घर्ती, गरिमा घर्ती, टेकबहादुर चन्द, डिला घर्ती, मनबहादुर मेदासी, लक्ष्मी बुढा, शिवलाल बुढा, अमर थापा, तारा उपाध्याय, शिक्षा पौडेल, शिवान पौडेल, सोमनाथ पौडेल, आशिषकुमार थारू, दीपक चौधरी, दिपेन्द्र थारू, फुलमाया तामाङ, फुलराम थारू, बामदेव थारू, रमेश थारू, सन्तोषकुमार थारू, खड्कप्रसाद थारू, गोपाल दहित, प्रशुनारायण थारू, सन्तराम थारू, रमेशकुमार थारू, राधाकृष्ण थारू, करण चौधरी, खुमलाल खत्री, टुलबहादुर खत्री, विष्णु चौधरी, कृष्ण थारू, रोशन थारू, विनोद शाह, सुजन थारू, विष्णु चौधरी, सम्झना चौधरी, दिनेशकुमार थारू, नरेन्द्र थारू, पञ्चराम थारू, पदम चौधरी, राजकुमार थारू, विकास थारू, सन्तोष न्यौपाने, खुसीराम थारू, जगत भोगरिया थारू, मनोजकुमार थारू, सर्वेश थारू, सुरेन्द्र थारू, अर्जुन चौधरी, शिशिर गिरी, शैलेन्द्रकुमार चौधरी, सन्तोष थारू, सिरिम थारू, सुवित थारू, अर्विन चौधरी, राजदिप दहित, अमिष थारू, उदित दहित, प्रदीपकुमार थारू, राजु थारू, सिसान थारू, सुरेश थारू, खगेन्द्र जैसी, राजाराम थारू, कमलप्रसाद थारू, धनिराम थारू, विष्णु भण्डारी, हरि कुष्मी, हरिप्रसाद थारू, रमेशबहादुर सुनार, बबी थारू र बसन्त थारू लगायतका नाम छन् ।

रोल्पाबाट २५ जना

रोल्पाबाट २५ जना सम्पर्कविहीन रहेको विवरणमा छ । राजेन्द्र महत, संजय महत, बसन्त महरा, कुमार महरा, रविलाल भण्डारी, अनराम पुन, सोमबहादुर घर्ती मगर, आर्यन क्षेत्री, हरिबहादुर घर्ती मगर, जक्तबहादुर पुन, रमेश वली, लेखराज रोका, कुलप्रसाद बुढामगर, मिना घर्ती मगर, विपना बुढामगर, खुसी घर्ती, तिलुवाठा मगर, दिपा घर्ती, गौसरा पुन, सुनिल विश्वकर्मा, गोपाल पुन, हस्त बस्नेत, ध्रुव बस्नेत, शशिराम बस्नेत र गीता बस्नेतको नाम सूचीमा छ ।

तर रोल्पाकै सूचीमा गजुल वली र नमरास रोका मगर भदौ ११ गते आफन्तको सम्पर्कमा आएको उल्लेख छ । त्यसैले जिल्लागत प्रारम्भिक संख्या र वास्तविक खोजीमा बाँकी संख्या फरक हुन सक्ने देखिन्छ ।

बाँकेबाट २३ जना

बाँकेका सम्पर्कविहीनको सूचीमा लकेस चौलागाई, ललिता वर्मा, इसिका वर्मा, धनकुमारी खत्री, अर्जुन खत्री, नानी चौलागाई, कृष्णप्रसाद चौधरी, सरु चौलागाई, प्रदीप चौलागाई, लालकेश चौलागाई, शान्ता विक, बलवीर कामी, श्याम जोशी, गणेश जोशी, ताराकुमार बुढामगर, सरिस केसी, अमिर खान, सन्तोष गिरी, सन्तोष कुमाल, राजकुमार थारू, विश्व थारू, नाल निर कामी र समिरा चौधरीको नाम उल्लेख छ ।

रुपन्देहीबाट १८ जना

रुपन्देहीबाट निरज बाबु रेग्मी, अब्दुल खान, शिवनाथ थारू, प्रहरी जवान सन्दिप भर, अन्ष गिरी, अनुप पुन, महेश आचार्य, गणेश ज्ञवाली, जीवन चौधरी, लिलकुमार सुनार, जीवलाल अधिकारी, शिवप्रसाद चौधरी, बसन्त थारू, निराजन पंगेनी, धनबहादुर परियार, अस्विन अधिकारी, अस्मित अधिकारी र शिशिर विक सम्पर्कविहीनको सूचीमा छन् । उनीहरूमध्ये अधिकांश जलविद्युत् आयोजना तथा निर्माणसम्बन्धी कामका लागि रसुवा पुगेका थिए । रुपन्देहीमा स्थानीय प्रशासनले सार्वजनिक गरेको विवरणमा यो संख्या अझै बढी देखिएको छ ।

अन्य जिल्लाको अवस्था

नवलपरासी पश्चिमबाट सुजन श्रेष्ठ, सविना मिश्रा, सनी चौधरी, माधव चौधरी, सर्जु चौधरी, सन्दिप क्षेत्री, यादव भण्डारी, भीमबहादुर विक, प्रहरी सहायक हवल्दार हरेन्द्र यादव र शिव न्यौपानेको नाम सूचीमा छ । जिल्लागत शीर्ष विवरणमा भने नौ जना भनिएको छ, जसले सूची अद्यावधिक हुँदै गएको देखाउँछ ।

कपिलवस्तुबाट नन्दबहादुर भाट, संगम बुढामगर, शिवलाल अधिकारी, प्रहरी जवान आशिष गडरिया, मणिकला राना र नेपाली सेनाका हुद्दा महेन्द्र चौधरीको नाम छ ।

गुल्मीबाट अनिता पुरी, यमबहादुर दर्लामी, दिनेश घिमिरे, गणेश ज्ञवाली, झनबहादुर गलामी, कपिलमणि ज्ञवाली, शिव न्यौपाने र चिरञ्जीवी ढकालको नाम सूचीमा छ । चिरञ्जीवी ढकाल भने भदौ १८ गते सम्पर्कमा आएको उल्लेख छ ।

पाल्पाबाट आनबहादुर कुमाल, विकास नेपाल, रमेश थापा, निलम कार्की, किशोर क्षेत्री, कृष्णबहादुर बस्याल, रामु सुती, अमृत सुती, तिलक राना र प्रहरी हवल्दार दिपेन्द्र बिष्ट लगायतको नाम छ । बोमबहादुर सोमै सम्पर्कमा आएको तथा दिपेन्द्र बिष्टको शव सनाखत भई भदौ १३ गते आफन्तले बुझेर सद्गद् गरेको विवरणमा उल्लेख छ ।

अर्घाखाँचीबाट प्रशान्त रेग्मी, सुमित मल्ल ठकुरी, नारायण पन्थी, मनिकला राना, सुबोध बेल्बासे, तारा राना, लुकबहादुर क्षेत्री, कृष्णबहादुर श्रेष्ठ र नारायणबहादुर थापा कब्दारको नाम छ । यीमध्ये नारायणबहादुर थापा कब्दारको शव पहिचान भई आफन्तले पोखराबाट बुझेर लगेको उल्लेख छ ।

प्युठानबाट पीताम्बर श्रेष्ठ, सूर्यबहादुर केसी, सन्तोष पौडेल, राजेन्द्र महतरा, डोमबहादुर ठेडी मगर, किसान सोमै मगर, प्रकाश जिसी, बोमबहादुर पुन, कृष्णा बुढामगर र प्रताप एमसीको नाम छ । प्रताप एमसी भने पछि सम्पर्कमा आएको विवरणमा उल्लेख छ ।

रुकुम पूर्वबाट जनककुमार पुन, मनराज घर्तीमगर, यगमाया केसी र मिलन श्रेष्ठको नाम सूचीमा छ ।

लुम्बिनीबाट रसुवा पुगेका नागरिकमध्ये धेरै जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा कार्यरत रहेको देखिन्छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि परिवारजनले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेका छन् ।

प्रदेश सरकारले सार्वजनिक गरेको जिल्लागत तथ्याङ्कले लुम्बिनीबाट मात्रै यति ठूलो सङ्ख्यामा मानिस रसुवामा रहेको देखाएको छ । प्रारम्भिक सूचीमा रहेका केही व्यक्ति पछि सम्पर्कमा आएका तथा केहीको शवसमेत पहिचान भइसकेको छ । हालसम्म लुम्बिनी प्रदेशमा २१२ शव भेटिएको छ तीमध्ये ८ वटाको मात्रै सनाखत भएको, १९९ शव व्यवस्थापन भएको र ५ शव मात्रै अस्पतालमा रहेको छ । बाढीले बगाएर नारायणी नदीले गण्डक क्षेत्रमा ल्याएका शव र १८ वटा त्यहाँबाट पनि बगेर भारतमा भेटिएका हुन् । तर यहाँ भेटिएका शव भने लुम्बिनीका भेटिएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button