तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो त्रिशूली-१ को टनेलबाट बाढीको ११ औँ दिनमा चिनियाँ नागरिकको जीवितै उद्धार

काठमाडाैँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बिनाशकारी बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई प्राथमिक उपचार पश्चात् थप स्वास्थ्य उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको मैथिल ब्यारेकतर्फ ल्याइँदै छ।

आयोजनाका अन्य सुरुङ तथा क्षेत्रहरूमा अझै कामदारहरू फसेको आशङ्कामा नेपाली सेना, सुरक्षा निकाय र विदेशी विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button