नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ: महासचिव पोखरेल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएको छ ।
एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनुभयो ।
“विकसित देशहरूले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरूमा परेको छ । त्यसबाट त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ”, महासचिव पोखरेलले भन्नुभयो ।
पार्टीका नेता तथा जनसङ्गठनहरू बाढी गएसँगै उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताउनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्