तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

सैनिक अस्पतालमा उपचार जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज बिहानै जीवितै उद्धार गरिएका दुई जनामध्ये एक व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको छ।

अवस्था गम्भीर रहेका व्यक्ति सुरुङबाट दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ। उहाँलाई तत्कालै काठमाडौँस्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार जारी राखिएको छ।

यस्तै, सुरुमा उद्धार गरिनुभएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य र स्थिर रहेको छ। उहाँको स्वास्थ्यमा थप जटिलता नदेखिए पनि विस्तृत परीक्षण तथा अवलोकनका लागि उहाँलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले आज बिहानैदेखि चलाएको विशेष उद्धार अभियानका क्रममा उहाँहरूलाई सुरुङभित्रबाट सुरक्षित बाहिर निकालिएको हो।आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशङ्का भएपछि बाढी आएलगत्तै सुरक्षा निकाय तथा विज्ञ टोलीले निरन्तर खोजी तथा उद्धारको प्रयास गरिरहेका थिए। सुरुङभित्र अन्य व्यक्तिहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले खोजी कार्यलाई अझै तीव्र पारिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button