तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँ: सांसद राई

काठमाडौँ । श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारसँग विभिन्न मुद्दामा असहमति भए पनि विपद्मा साथ दिन श्रमदाता खटाउने प्रस्ताव गर्नुभएको हो । उद्धारमा समन्वय नभएकाले पीडित पक्षबाट गुनासो आएको उल्लेख गर्दै उहाँले आवश्यक उपकरणसहित दक्ष जनशक्ति प्रयोग नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“सरकारको आलोचना भोलि गरौँला, पीडितले अझै पर्याप्त राहत पाउन नसकेको गुनासो छ, राहतको ढोका बन्द नगरी खोल्ने समय हो, राहत वितरण पारदर्शी र व्यवस्थित गरौँ, पीडित परिवारलाई प्रियजनको अन्तिम बिदाइ गर्ने अवसर दिइनुपर्छ”, सांसद राईले भन्नुभयो ।

जलवायु कोषलगायत अन्तर्राष्ट्रिय कोषबाट सहयोगको प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले अर्को हिमबाढी आउनुअघि नेपालले कत्तिको तयारी गर्ने हो त्यो हेर्न बाँकी रहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button