तपाईँ सुन्दै हुनुहुन्छः

कमाउने मान्छे गुमाएका परिवारको सहारा प्रदेश र स्थानीय तह बन्नु पर्छ : मुख्यमन्त्री आचार्य 

परासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवा बाढीमा लुम्बिनी प्रदेशका पनि  नागरिकहरूको निधन भएको र सयौँ जना बेपत्ता भएको बताउनु भयो ।लुम्बिनी प्रदेशमा सबै भन्दा बढी बर्दिया जिल्लामा ९२ जना नागरिकहरू सम्पर्क विहीन रहेको बताउँदै उहाँले पीडितका परिवारलाई ढाडस दिने काम स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारको रहेको उल्लेख गर्नु भयो ।

परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा गरिएको शव व्यवस्थापनको अनुगमन पछि बोल्दै मुख्यमन्त्री आचार्यले कमाउने मान्छे सम्पर्क विहीन हुँदा सोही कमाइमा आश्रित बनेका परिवारका लागि प्रदेश सरकार र स्थानीय तह सहारा बन्न सक्नु पर्नेमा जोड दिनु भयो ।अझै मनसुन नसकिएकाले शव भेटिने क्रम बढ्न सक्ने भन्दै आचार्यले नदी सँग जोडिएका जिल्लाका निकायहरू थप जिम्मेवार बन्नु पर्ने बताउँदै प्रदेश र संघ सरकारको मात्रै मुख ताकेर बस्न नहुने धारणा व्यक्त गर्नु भयो ।

शव व्यवस्थापनमा चुनौती बढ्न सक्ने र स्थान अभावका कारण त्यसको विकल्प सोच्नु पर्ने बेला समेत आएको उहाँले बताउनु भयो । बिपदसँगै अनेकौँ स्वास्थ्य समस्या आउन सक्ने भन्दै आचार्यले त्यसको समाधान र पूर्व तयारीमा लाग्न समेत श्वास्थ्यकर्मीहरुलाई उहाँले आग्रह गर्नु भयो । भोलीका दिनमा आउने चुनौतीहरूको समाधान गर्न अहिले देखिनै लाग्न जरुरी छ,यसका लागि आवश्यक पर्ने बजेटका लागि बिपद व्यवस्थापन समितिको निर्णय गरेर पठाउनुस् प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्छु आचार्यले भन्नू भयो ।

मुख्यमन्त्री आचार्यले उद्धार र शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी र सबै निकायप्रति आभार प्रकट गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button