रेवान पोखराद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ५० जना लाभान्वित
पोखरा । रेवान पोखराले आज (आइतबार) पोखरा २३ (ठूलाखेत) मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित हुनुभएको छ ।

रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यस बर्ष पोखरा–२३ ठूलाखेतस्थित सिद्ध बराह माविको प्राङ्गणमा आयोजित कार्यक्रममा ७ सय ५० जना प्रत्यक्ष रुपमा लाभान्वित भएको कार्यक्रम संयोजक भीष्मराज पौडेलले बताउनुभयो ।
नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार भएको उक्त शिविरमा प्रसूति तथा स्त्री रोग, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरू प्रदान गरिएको उहाँले जनाउनुभयो । सेवाग्राहीहरूलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्