तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध साँफे–मार्तडी सडक खुल्यो 

बाजुरा । अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–९ सेलागाडमा बाढी र पहिरोले प्रभावित १६ घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

उच्च जोखिममा रहेका ३ घरधुरीका २२ जना र जोखिममा रहेका थप १३ घरधुरीका ८३ जनासहित प्रभावित परिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । 

प्रभावित क्षेत्रमा प्रहरी सहित सम्बन्धित निकायले निगरानी बढाउनुका साथै स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासन कार्यालय बाजुराले आग्रह समेत गरेको छ ।

यसैबीच बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक आज पुनः सञ्चालनमा आएको छ । 

विभिन्न स्थानमा खसेको पहिरो हटाइएपछि सडकमा यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button