पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित दीपिका स्कुलले २०८२ सालको एसइई परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने १८ जना विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कार वितरण गरेको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित विशेष कार्यक्रम मार्फत अतिथि, विद्यार्थी, अभिभावक, कर्मचारी र शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रतिनिधि रमेशकुमार दर्जी, विद्यालय व्यवस्थापन पदाधिकारी, नेश्नल प्याब्सन काठमाडौँका अध्यक्ष अमृत खड्का, सरस्वती युवा क्लबका अध्यक्ष उत्तम भण्डारी, आमन्त्रित वक्ता, विद्यालयका प्रधानाध्यापक राजु रिमाल लगायतले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान पत्र वितरण गर्नुभएको थियो ।
साथै, विश्वकप फुटबल विजेताको पूर्वानुमान गरी मिलाउनेमध्ये चिट्ठा मार्फत् छानिएका बलदेव तिम्सिनालाई नगद ५५५५ र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रम शिक्षक, शिक्षिका, कर्मचारीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालय, विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको प्रधानाध्यापक राजु रिमालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्