प्रतिनिधिसभामा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिपक्षीको विरोध

काठमाडौँ I प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभयो ।
बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउने माग गर्नुभएको छ ।
बैठकमा सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनिएको, कर्मचारीमा त्रास उत्पन्न गराउने काम भइरहेको भन्दै प्रश्न उठाउनुभयो ।
प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने क्रम शुरु भएको छ ।
आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।







प्रतिक्रिया राख्नुहोस्