तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको दमकमा टिप्परको ठक्करबाट एकजना शिक्षकको मृत्यु भएको छ भने गौरादहमा टिप्परकै ठक्करबाट एक  पैदलयात्रीको मृत्यु भएको छ ।

प्राप्त विवरण अनुसार आज बिहान ९.५५ बजेतिर दमक ९ स्थित निम्स अस्पतालअगाडिको पूर्व पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको मे ११प १६२० नं को स्कुटीलाई टिपरले ठक्कर दिँदा स्कुटी चालक दमक ५ ज्येष्ठ नागरिक टोल निवासी ६० वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कार्की झापाको तत्कालीन महाभारास्थित जनकल्याण आधारभूत विद्यालयका निवृत्त शिक्षक हुनुहुन्थ्यो ।

ठक्कर दिएर फरार भएको टिपर र टिपर चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, गएराति ८ः२० बजे गौरादह १ नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगी–गौरीगंज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले ठक्कर दिँदा साइकलयात्री गौरादह ४ बस्ने ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टिपर चालक गौरादह १ बस्ने ३५ वर्षीय उमेश ताजपुरिया र टिपर नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button