तपाईँ सुन्दै हुनुहुन्छः

समस्याग्रस्त सहकारीहरूको अनुगमन र नियमन चाँडै सुरु हुन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालय सम्बन्धी उठेका प्रश्नको जवाफ दिनुहुँदै भूमि प्रशासनलाई आधुनिक, पारदर्शी तथा प्रविधिमैत्री बनाउने काम अघि बढेको बताउनुभयो ।

मन्त्री रावलले भूमिहीन, अव्यवस्थित सुकुम्बासीको व्यवस्थापन गर्ने, सहकारी क्षेत्रको नियमन र सुदृढीकरणका लागि समस्याग्रस्त सहकारीहरूको प्रभावकारी अनुगमन र नियमन कार्य समेत चाँडै सुरु गरिने बताउनुभयो ।

मन्त्री रावलले वास्तविक सुकुम्वासीको पहिचानको कार्य थप बाँकी रहेको भन्दै पहिचान भएका भूमिहीन सुकुम्वासीलाई असारको तेस्रो हप्तादेखि लालपुर्जा वितरण सुरु गरिने पनि जानकारी गराउनुभयो ।

यस्तै समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताको लागि राज्य कोषबाट कुनै रकम खर्च नगरिएको स्पष्ट पार्नुहुँदै मन्त्री रावलले निजामती कर्मचारीको उमेर हदका सम्बन्धमा सबै विषयमा संसद्को छलफलबाटै अन्तिम टुङ्गो लाग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button