तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापतिद्वारा  दर्ज्यानी  चिह्न प्रदान

काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देलले मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथीमा पदोन्नति भएका भुवनपूर्ण सत्याल, मानार्थ उपरथीमा पदोन्नति भएका रोशनशमशेर राणा र मानार्थ सहायक रथीमा पदोन्नति भएका उमेश कार्कीलाई आज  दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । 

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

त्यस अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button