प्रतिनिधिसभा बैठक: प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति, चिया निर्यातमा अवरोध र औषधी अभावप्रति सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चिया निर्यातमा समस्या सिर्जना गरेका कारण देशमा चिया उद्योग बन्द हुँदा उत्पन्न समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसदहरुले नेपाल चिया उद्योग बन्दा हुँदा चिया कृषक, श्रमिक र उद्योगीहरू मारमा परिरहेको विषयमा गम्भीर बन्नुपर्ने र तत्काल जिटुजी प्रक्रिया मार्फत समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले सरकारले वास्तविक सुकुम्बासी पहिचान नगरी बस्तीबाट हटाएको र उनीहरू बसिरहेको होल्डिङ सेन्टरदेखि बसिरहेको सबै स्थानमा भोकै रहने तथा बालबालिका विद्यालय जान नपाउने समस्या आएको भन्दै तत्काल समस्या समाधान माग गर्नुभयो ।
सांसदहरुले देशका विभिन्न अस्पतालहरूबाट क्यान्सर रोगका बिरामीहरूले औषधी प्राप्त गर्न नसकेको विषयमा गुनासो आइरहेकाले समयमा नै औषधीको व्यवस्थापन गर्न र औषधी सम्बन्धी समस्या दोहोरिन नदिन माग गर्नुभयो ।
सांसदहरुले बर्षायाम शुरु हुन लागेको समयमा आम मानिसमा विपद्को त्रास शुरु भएको भन्दै विपद् जोखिम न्युनिकरणका लागि भइरहेका प्रयासबारे जवाफ माग गर्नुभयो ।
सांसदहरुले बाली बिमा प्रभावकारी नहुँदा किसानलाई समस्या भइरहेको भन्दै किसान मैत्री बाली बिमाको व्यवस्था गर्नु पर्ने, समयमा नै मलको प्रभावकारी व्यवस्थापन र पर्याप्त हुनेगरी कोटा प्रणालीको व्यवस्था गर्नु पर्ने माग गर्नुभयो ।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी विषयको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउने माग माग गर्नुभएको छ ।
बैठकको सुरुमा उठेर विरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्नुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरु हर्कराज राई, गोपाल शर्मा, चन्द्रमोहन यादव, कृपाराम रानालगायतले देशको सिमानाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन प्रतिपक्षीले माग गरेपनि सभामुखले रुलिङ नगर्नु र सरकारले अभिव्यक्ति नसच्याइनु दुःखद भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्