तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउनु आजको आवश्यकता: राष्ट्रपति पौडेल

 काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको बताउनुभएको छ ।  

लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आज आयोगले आयोजना गरेको समारोहमा राष्ट्रपति पौडेलले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले समयानुकूल सार्वजनिक सेवा प्रवाहमार्फत आम नागरिकको मन जित्नुपर्नेमा जोड दिनुभयो । 

समारोहमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लाखौँ युवाहरूको आकर्षणको केन्द्रका रुपमा रहेको लोक सेवा आयोगले समावेशी सहभागिताको दृष्टिबाट सार्वजनिक सेवामा कर्मचारी छनोट गरेर समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास गरेको बताउनुभयो । 

त्यसैगरी आयोगका अध्यक्ष माधव रेग्मीले लोकसेवा आयोगप्रति जनताको विश्वास बढेको भन्दै राष्ट्रसेवक कर्मचारी छनौटमा कायम गर्दै आएको निष्पक्षतालाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

यस अवसरमा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीलाई सम्मान गरिनुका साथै आयोगमा कार्यरत तीनजनालाई उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button