प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपाधि बारालाई

बीरगंज । बाराको निजगढमा आज सम्पन्न प्रदेशस्तरीय डोरी तान प्रतियोगितामा आयोजक बारा जिल्लाले नै उपाधि हात पारेको छ ।
बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सिराहा, सप्तरी, महोत्तरी गरी मधेस प्रदेशका ८ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा बारा जिल्लाले उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थान हासिल गरेको बारा जिल्ला डोरी तान संघका अध्यक्ष भुपेन्द्र सापकोटाले बताउनुभयो ।
डोरी तान खेल खेलाडीहरू बिचको एकता र सहकार्यबाट सफलता हात पार्ने खेल भएको हुँदा यो खेलको माध्यमबाट खेलाडीहरूलाई आपसी अनुशासन र मेहनत गर्ने प्रेरणा प्राप्त हुने खेलकुद परिषद् मधेश प्रदेशका सदस्य सचिव शिवजी गुप्ताले बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै सचिव गुप्ताले आयोजक बारा जिल्लाले नै उपाधि कब्जा गरेको हुँदा बिशेषगरी बाराको निजगढ क्षेत्रका खेलाडीहरूलाई उहाँले विशेष धन्यवाद व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्