काभ्रेपलाञ्चोक बस दुर्घटना अपडेट : मृतक ४ जनाको सनाखत

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मृतक ८ मध्ये ४ जनाको सनाखत भएको हो ।
मृत्यु हुनेमा रोशी गाउँपालिका – ७ की ३४ वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर ६ का ७५ वर्षीय इन्द्र बहादुर झाँक्री, वडा नम्बर ६ का ६० वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका ३० वर्षीय बम बहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार भण्डारी नेपाली सेनाका अमल्दार कर्मचारी हुनुहुन्छ ।
बनेपाबाट रोशी गाउँपालिकाको वडा नम्बर ६ सुँगुरेतर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस आज दिउँसो विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका– २ बुच्चाकोटको भिरबाट खसेको थियो ।
बसमा सवार मध्ये १६ जना घाइते छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्