तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

'घटनाबारे थप विवरण आउन बाँकी'

काठमाडौँ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button