तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा रोल्पाको जिल्ला अधिवेशन सम्पन्न: बालाराम थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

रोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ अधिवेशनबाट बालाराम थापा जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित  हुनुभएको छ ।

त्यसै गरी उपसभापतिमा भुपेन्द्र वली, सचिवमा हिरा घर्ती, सह–सचिवमा बालाराम डाँगी तथा कोषाध्यक्षमा पिपला चन्द सिंह हुनुभएको छ ।

सदस्यहरूमा धर्मराज भण्डारी, महेश न्यौपाने, हिरा खड्का, मुना डाँगी, सन्दीप थापा मगर र तोयराम थापा चयन हुनुभएको छ यसरी पदाधिकारीसहित ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

नवनिर्वाचित सभापति थापा यसअघि प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएर  प्रतिस्पर्धामा उत्रिनुभएको थियो  तर उक्त निर्वाचनमा वर्षमान पुनसँग  पराजित हुनुभएको थियो । 

अधिवेशनले पार्टी सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी ढङ्गले अघि बढाउने सभापति थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button