तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा पाँचथरको अध्यक्षमा गुरुङ

पाँचथर। राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको सभापतिमा प्रकाश गुरुङ चयन हुनु भएको छ । 

पाँचथरको फिदिममा सम्पन्न प्रथम अधिवेशनबाट प्रकाश गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति सर्व सम्मत चयन भएको हो । उप सभापतिमा सहर सिंह तामाङ, सचिवमा कुशल जवेगु र कविहाङ सेलिङ, कोषाध्यक्षमा सिर्जना इजम चयन भएका छन् । यस्तै सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाई, रेखा लावती, सविना राई, इश्वरी निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी र इन्द्र लावती चयन भएका हुन् । 

रास्वपाले जिल्लाका ८ स्थानीय तह मध्ये पाँच वटाको अधिवेशन सम्पन्न गरिसकेको छ । ६० वटा वडा मध्ये ३७ वडामा अधिवेशन सम्पन्न भएको र अन्य पालिका र वडामा चाँडै सम्पन्न गरिने सभापति गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button